
कञ्चनपुर, १६ फागुन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले पार्टीबाट राजीनामा दिएका छन् ।
माओवादीले मुलुकमाथि गद्धारी गरेको भन्दै पार्टी सदस्यता त्यागेर पदबाटै राजीनामा दिएका छन् ।
महाराले एमसीसी पास गर्न आफ्नो पार्टीले सघाएको भन्दै जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका हुन् ।
‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु । साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु,’ महराले भनेका छन् ।












प्रतिक्रिया