१३ कार्तिक २०८३, शुक्रबार

उपेन्द्रलाई गच्छदारले भने-‘जति कराएपनि नयाँ मोर्चा गठन हुन सक्दैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gachhadar-vs-yadav

विराटनगर, ६ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरु आ–आफ्ना अडानबाट एक कदम पछाडि हटे दुई सातामै सहमति हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सहमतिमै संविधान जारी गराउने दबाब दिने उद्देश्यले नयाँ मोर्चाको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।

३० दलीय मोर्चाभित्रैबाट अर्को मोर्चा गठनको आवाज उठिरहेको पत्रकारहरुको जिज्ञासामा उहाँले अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने साझा मुद्दामा मात्र दलहरुबीच मोर्चाबन्दी भएकाले कसैले नयाँ मोर्चा बनाउने विषयमा दिएको अभिव्यक्ति प्रतिक्रियात्मक मात्र भएको दाबी गर्नुभयो ।

अध्यक्ष गच्छदारले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको औचित्य समाप्त भएको भन्नु बेतुकको कुरा मात्र भएको स्पष्ट पार्नुभयो । मोर्चाको आन्दोलन तुहिएको चर्चाको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उहाँले आन्दोलन तुहिएको नभई सहमतिकालागि स्थगन गरिएको दाबी गर्नुभयो ।