
काठमाडौँ, १४ फागुन । युक्रेनको राजधानी किभमा स्थानीय समयअनुसार बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म नयाँ तरिकाले कर्फ्यु लागू गरिएको छ । यसअघि किभमा राती १० बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइएको थियो ।
किभका मेयर भिटाली क्लिट्सकोले ट्वीटरमा नयाँ कर्फ्युको घोषणा गर्दै चेतावनी पनि जारी गरेका छन् । उनले चेतावनी दिँदै लेखेका छन् ‘कर्फ्यूको क्रममा डिकमा देशिने कुनै पनि सहरबासीलाई दुश्मनको तोडफोड गर्ने समूहको सदस्य मानिनेछ ।’
शनिबार बिहानै किभका कैयौं क्षेत्रमा विष्फोट भएको समाचार आएको थियो । साथमा कैयौं स्थानमा सडकमा संघर्ष भएको खबर पनि आएको थियो ।















प्रतिक्रिया