३० आश्विन २०८३, शुक्रबार

च्याउ खेतीबाट आत्मनिर्भर बन्दै बर्दियाका सुकुम्बासी महिला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dlxnfsf] hfFu/=======M DofUbLsf] lkKn]sL ofds'df/L ua'{hf cfkm"n] pTkfbg u/]sf] Rofp b]vfpFb} . lkKn]sf !@ hgf dlxnfn] Rofpv]tL ;'? u/]sf 5g . tl:j/ ;Gtf]if uf}td, DofUbL, DofUbL– सुदीप अधिकारी
बर्दिया, ६ बैशाख । जिल्लाको नेउलापुर-५ सेम्रहवाफाँटाका महिलाहरु यतीखेर च्याउ खेतीमा जुटेका छन् । यहाँका सुकुम्बासी महिलाहरुले घरैपच्छिे च्याउ खेती सुरु गरेका छन् ।

थोरै लगानीमा राम्रो कमाई हुने भएपछि सुकुम्बासी महिलाहरु च्याउ खेतीमा आर्कषित भएका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउँने महिलाहरु अहिले च्याउ खेतीमा लागेर व्यस्त हुने गरेका छन् । घरको कामसँगै उनीहरुले अहिले घरमै च्याउ खेती गरेर राम्रो कमाई गरिरहेका छन् । ‘पहिले बेकारमा समय बित्थ्यो । अहिले घरको कामसँगै च्याउँ खेतीमा लागेपछि समयको सदुपयोगसँगै कमाई पनि भएको छ,’ व्यवसायीक च्याउ खेतीमा लागेकी प्रेममोती थारुले भनिन् ।

च्याउ खेतीका लागि छुट्टै जमिन पनि नचाहिने, लगानी र मेहनत पनि कम लाग्ने भएकाले यो खेतीमा लागेको सुकुम्बासी महिलाहरु बताउँछन् । च्याउ खेती गर्न थालेपछि घर खर्चको जोहो गर्न कुनै समस्या नभएको महिलाहरुले सुनाए । १ सय ३२ डल्लामा च्याउ रोपेकी प्रेममोतीले मासिक न्युनतम १० देखी १२ हजार रुपैँया कमाइ हुने गरेको बताइन् ।

च्याउको कमाईले दैनिक घर खर्च चलाउन र छोराछोरीको पठनपाठनमा समेत निकै सहयोग पुगेको च्याउ खेतीमा लागेका महिलाहरुको भनाइ छ ।

सकुम्बासी बस्तीका करिव २५ घरघुरीका महिला च्याउ खेतीमा जुटेका छन् । उनीहरुले घरको एक कुनोमा च्याउ खेती गर्दै आएका छन् । जिल्लामा संचालित गरिबी निवारण कार्यक्रमबाट सिप सिकेर महिलाहरु च्याउ खेतीमा लागेका हुन् । आफुहरुले उत्पादन गरेको च्याउ स्थानियस्तरमै खपत भइरहेको व्यवसायीक च्याउ खेतीमा लागेकी प्रेममोतीले बताइन् ।

बस्तीमा च्याउ उत्पादन हुन थालेपछि ग्रहाकहरु च्याउँ किन्न घरमै आउने गरेको उनले बताइन् । उनले भन्छीन्, ‘बाहिर जानु परेको छैन । च्याउँ किन्न स्थानिय व्यापारी र अन्य ग्राहक घरमै आइपुग्छन् ।’ बढी उत्पादन भएको बेला बिक्रिका लागि बजार जाने गरेको च्याउ खेतीमा संलग्न कृष्णी थारुले बताइन् ।

महिलाहरुले फुटकरमा प्रती केजी २ सय रुपैँयामा च्याउ बिक्रि गर्ने गरेका छन् । स्थानिय तरकारी पसलेहरुले महिलाहरुबाट च्याउ किनेर स्थानिय बजारमा समेत बिक्री गर्ने गरेका छन् ।