
युक्रेनी, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निःशस्त्रीकृत तथा नाजीविहीन बनाउन चाहेको बताएका छन् । उनले युक्रेनी सैनिकहरूलाई हतियार त्याग्न र घर जान पनि आह्वान गरेका छन् । सम्बोधनमा पुटिनले विदेशी हस्तक्षेप भएको खण्डमा रुसले तत्कालै कदम चाल्ने बताए ।
उनले युद्धका कारण हुने रक्तपातका लागि युक्रेनी सरकार जिम्मेवार हुने पनि धारणा राखे । रुसमाथि कसैले आक्रमण गर्न खोजेमा रुसले तत्काल प्रतिक्रिया जनाउने उनले बताए नवनाजीहरूको सरकार युक्रेनमा बनेको भन्दै उनले युक्रेनीहरूलाई तपाईंका बुवा र हजुरबुवाहरूले नवनाजीलाई सहयोग गर्नका लागि युद्ध लडेका थिएनन् भने ।-एजेन्सी















प्रतिक्रिया