
रुसमा बेलायतका राजदूत रहेका सर एन्ड्र्यू वुडले जबसम्म पुटिन सत्तामा छन् तबसम्म युक्रेन संकटको कूटनीतिक हल निकाल्न असम्भव भएको बताएका छन् ।
बीबीसीसँगको कुराकानीमा सर एन्ड्र्यूले भने, ‘पुटिन कुटनीतिक समाधान स्वीकार गर्न सक्दैनन् र उनको बयानको कनै अर्थ छैन ।’ उनले भने, ‘उनका लागि कुटनीतिक समाधानको हामीले युक्रेनलाई नेटोमा आमन्त्रित नगर्ने मात्र होइन । यसको अर्थ हामीले त्यो देशमा उनीहरुकामे पूर्ण नियन्त्रण स्वीकार गर्छौँ ।’
प्रतिबन्धको मुद्दाबारे उनले कुरा गर्दै भने, ‘रुसविरुद्ध तत्काल प्रभावकारी रुपमा सबै प्रतिबन्ध लगाउनु पर्ने बेला आइसकेको छ ।’ उनले पश्चिमी देशका नेतालाई रुसी बैंकलाई निशाना बनाउनका लागि आग्रह गरे ताकि नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनलाई सुरु गर्ने योजनामा एकाएक विराम लगाउन सकियोस् ।
उनका अनुसार पृथकतावादी प्रान्तलाई स्वतन्त्र राज्यको रुपमा स्विकार गर्नु पुटिनका लागि एक खतरनाक मोड हो किनभने रुसका जनता युद्ध चाहँदैनन् र अब उनीहरु पुटिनप्रति त्यति वशीभूत छैनन् जति पहिला थिए ।
स्मरण रहोस्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अलगाववादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दिएका छन् । पुटिनले जुन शासनदेशमाथि दस्तखत गरेका छन् त्यस अनुसार रुसी सेनाले लुहान्स्क र दोनेत्स्कमा शान्ति कायम गर्न काम गर्नेछ ।
यद्यपि, सेनाले छिट्टै सीमा पार गर्ने आशंका गरिएको छ ।यसैबीच, बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले युक्रेनमाथि रुसको हमला सुरु भइसकेको र यसलाई ध्यानमा राख्नै अब बेलायतले रुसमाथि प्रतिबन्ध लगाउने बताए । –एजेन्सी















प्रतिक्रिया