५ कार्तिक २०८३, बिहिबार

बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बलुचिस्तान, ९ फागुन । बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।

सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए। साथै, एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी वजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली हानाहानमा पाँच आतङ्ककारी मारिएका थिए।

यसअघि फेब्रुअरी ५ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा सुरक्षा बलहरूले गोलीबारीमा दुई आतङ्ककारीलाई मारेका थिए। –रासस