१३ कार्तिक २०८३, शुक्रबार

गगन थापा भन्छन्-‘सुशील र देउवाले अस्तित्व सक्काए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan_thapaपोखरा, ५ बैशाख । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काँग्रेस पार्टीमा देखिएको गुटगत राजनीति बन्द हुनुपर्ने बताउनु भएको छ ।

लामो ईतिहास बोकेको पार्टी पार्टीकै रुपमा हुनुपर्ने उल्लेख गर्दै उहाँले गुटगत संस्कारको अन्त्य गर्न नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो-‘पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको गुटबन्दीले पार्टीको अस्तित्व ओरालोतिर लागेको छ । यसलाई नेतृत्वले रोक्नुपर्छ ।’

शनिवार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विचारका आधारमा सदस्यता लिनुपर्ने पार्टीमा विचारभन्दा पहिले कुन गुटको सदस्यता लिने भन्नेजस्तो गलत संस्कार हावी हुन थालेकोप्रति थापाले चिन्तासमेत व्यक्त गर्नुभयो ।

काँग्रेसले सरकारको भन्दा पहिले आफ्नो पार्टीको बारेमा गम्भीर हुनुपर्नेमा जोड दिदै लाखौ लोकतान्त्रीक सदस्यसहितको पार्टी मजबुत भएमात्रै सरकार या अन्य निकाय बलियो हुने थापाको भनाई थियो ।

एकीकृत नेकपा माओवादी लगायतका दलले संविधान नबनाउन जनतालाई उचालेर भड्काउन उद्धत रहेको उहाँको आरोप छ ।

‘एमाले कांग्रेसले सर्विधान निर्माण गर्न चाहेनन् भनेर जुन किसीमको भ्रम बाहिर फैलाउन खोजीएको छ यसले आपसमा मिलेर रहेका समुदायबिचमै सद्भाव विगार्नुबाहेक केहि होईन ।’ थापाले भन्नुभयो ।

उहाँले प्रचण्डलाई गलत बाटोबाट लाइनमा ल्याउन ‘विट एण्ड वेट’को फर्मुला अपनाउनुपर्ने धारणा राख्नुभयो । तर यो फर्मुला कस्तो भन्ने बारेमा केही प्रतिक्रिया दिनुभएन् ।