
काठमाडौँ, ५ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको छ ।
उक्त प्रदर्शनको क्रममा युवा संघले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल बेच्न राखेको थियो।
पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।












प्रतिक्रिया