काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
जारी प्रतियोगितामा विराटनगरले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।
त्यसैगरी, आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
लुम्बिनीले २ खेलमा एक जित र एक खेल वर्षाले रद्द हुँदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना सुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।












प्रतिक्रिया