१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस-एमालेले भनेको प्रक्रियाबाटै संविधान बनाउन तयार रहेको प्रचण्डको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal's PM Prachanda attends meeting with his Indian counterpart Singh before summit of BIMSTEC in New Delhi

कावासोती, ५ वैशाख । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको काम प्रक्रियाबाटै हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले आज कावासोती–१६ डण्डामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, “दलहरूबीच झण्डैझण्डै सहमति भएको छ, सहमति नभएको राज्यको पुनःसंरचना हो, त्यसमा पनि हिजोका सहमति सम्झौतालाई काँग्रेस–एमालेले नबिर्सँदा सहमति हुन्छ ।”

अध्यक्ष दाहालले न्याय प्रणाली, निर्वाचन प्रणालीमा सहमति भएको र शासकीय स्वरुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर गएपछि आलोचनात्मक सहमति जनाउने भनेका हौँ, बाँकी राज्यको पुनःसंरचना हो त्यो पहिचान र सामथ्र्यको आधारमा हुनुपर्छ भन्ने हाम्रो धारणा छ भन्नुभयो ।

“पहिचान र सामथ्र्यको आधारमा प्रदेश निर्माण गरिए एमाओवादी प्रदेशको सङ्ख्यामा अडान राख्दैन, ६, ८, १० जति प्रदेश भएपनि त्यो पहिचान र सामथ्र्यकै आधारमा हुनुपर्छ”– अध्यक्ष दाहालले भन्नुभयो, “पहिचान र सामथ्र्यका आधारमा सङ्ख्या र नाम के हुने भन्नेमा छलफल भइरहेको छ, त्यो सकारात्मक छ ।” रासस