काठमाडौँ, ५ वैशाख । नेपाली समाजमा मानिसको निधनपछि जति नै सुकै सत्रु भएपनि शोक मनाउने र ‘विचरा’ भन्ने चलन छ । बाँचुञ्जेल गाली र आलोचनामात्रै गर्नेहरु समेत मृत्युपछि त्यही मानिसको गुनगान गाउँछन् । नेपालका सन्दर्भमा धेरैको हकमा यो लागू भएको छ । खासगरि, नेताहरुको निधनपछि उनीहरुलाई ‘महामानव’ बनाउने क्रम पहिल्यैदेखिको हो, जुन पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पालासम्म पनि दोहोरियो । तर, सूर्यबहादुरको पालामा फरक यो पनि भयो कि, उनको शोकमा श्रद्धान्जली र समवेदनाका शब्दसँगसँगै गाली र आलोचना पनि प्रशस्तै देखियो । खासगरि, सामाजिक सञ्जालमा फेसबुक र ट्वीटरमा सूर्यबहादुरप्रति निकै नकरात्मक टिप्पणी र आलोचनाहरु देखिएका छन् ।
सूर्यबहादुरको निधनमा काँग्रेस-एमाले गठनबन्धन सरकारले दिएको सार्वजनिक विदा, एमाओवादीका नेताहरुले सूर्यबहादुरको निधनमा निकालेको वक्तव्य र प्रतिक्रिया त झनै आलोचनाको विषय बन्यो । एमाओवादी नेता डा. बाबुराम भट्टराईको प्रतिक्रिया होस् या प्रवक्ता दीनानाथ शर्माले निकालेको वक्तव्य दुबै आलोचनाको विषय बन्यो । संघीय समाजवादीका अध्यक्ष अशोक राईले थापालाई श्रद्धान्जली दिन गएको तस्वीर फेसबुकमा अपलोड गर्दा जनजाति नेता पाशाङ शेर्पाले फेसबुकमा उत्तिकै आलोचना व्यहोर्नु परेको छ ।
काँग्रेस, एमाले र एमाओवादीका नेताहरुले श्रद्धान्जलीका शब्द अर्पण गरिरहँदा तिनै पार्टीका भातृ संगठनमा रहेका जिम्मेवार सदस्यहरुले समेत नेताको उछितो काटिरहेका छन् । सर्वसाधारणले झनै आलोचना गर्ने नै भए ।
सामाजिक सञ्जालमा सूर्यबहादुर थापाका विषयलाई लिएर गरिएका टिप्पणी जस्ताको तस्तै:
यो पीडा बिर्सेर म सुर्यबहादुर थापालाई कदापी महान भन्न सक्दैन, मलाई माफ गर छिन्ताङ्का सहीदहरु समय फेरियो हाम्रा आफ्नैका नजरमा सुर्यबहादुर युग द्रस्टा बने ।
– एकिन्द्र कुँबर
जिउँदो रहुन्जेल केही गर्न नसक्ने मुर्खराजहरू मरेपछि पश्चताप बिनाको अभिषाप ! सर्प उम्क्यो सर्पको गोहो (सर्पको डाम) लाई कुटेर के नै पाईन्छ र ? मानिसको सोच बिचार पनि अचम्म देखि उद्देख लाग्ने ।
– साजन मादेन
हिजो सूर्यवहादुर थापाका वारेमा स्टाटस लेखेको थिए आलोचनात्मकढंगले । सम्भवत सवैभन्दा पहिले मैले नै आलोचना गरेको थिए आज धेरैले गरेछन । नेपालीहरु पनि अव आलोचना गर्न सक्ने भएछन । मरेपछि राम्रो हो भन्ने संस्कार टुटेर जान थालेछ । राम्रो शुरुवात हुँदै छ सुखी लागेछ । मृत्यु स्वभाविक प्रक्रिया हो । त्यसमा राजनीति गर्न जरुरी छैन । जो मर्दा नि दुःख लाग्छ । कमलो छ मानव मन दुःख लाग्नु स्वभाविक हो तर मरे भन्दैमा सूवथाको जयजयकार गर्न सकिदैन । मात्र श्रद्धाञ्जली व्यक्त गर्न सकिन्छ । उनले मुलुकबाट धेरै पाए चतुर भएकोले प्रधानमन्त्री पटकपटक भए तर मुलुकलाई केही दिएनन् के चतुर भएरै चाहिने नचाहिने गरेर धेरै कमाएका मेरो गाउँका चतुरे अंकलको जयजयकार गरु ?
तीन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्रलाई भोगेका,उनीहरुका मुख्य सहयोगी समेत भएका सूर्यवहादुर थापा मलाई कहिल्यै मन परेनन । उनले चाहेको भए देशका लागि धेरै गर्न सक्थे भन्ने लाग्थो । तर उनले कहिले काग्रेस, कहिले दरवार त कहिले भारतको सेवा,चाकरी गर्दे प्रधानमन्त्री हुने दौडमा सामेल हुँदै जीवन विताए । यद्दपी उनको इहलीला समाप्त हुँदा दुःख लाग्यो । मान्छे मन नपरेपनि मर्दा चै दुःख लाग्दो रहेछ ओहो अझै वाँचेको भए भन्ने लाग्दो रहेछ । यसर्थ पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता थापालाई हार्दिक श्रद्धाञ्जली ।
– प्रकाशविक्रम शाह
जब आफैं ओरालो लागेर रसाताल छुन पुग्छन,
तब एउटा पदलोलुप नेता मर्दा उनलाई महान देख्न पुग्छन । नेपालको सत्तासंग सँधै प्रत्यक्ष/परोक्षरुपमा जोडीएका थिए-सुर्य बहादुर थापा । थापाको समकालीन सान्दर्भीकतालाई हेरेर नेपालमा आफूलाई सबैभन्दा ईमान्दार ठान्ने नेताले राजनितीमा उनैलाई आदर्श मान्न पुगे । अचेल न खोकु दुख्छ न त छिन्तागं नै दुख्छ । क्षयीकरणको उद्दात नमुना खोज्न कहीँ जानु पर्दैन । छिन्तागंमा मारिएका १६ शहीदका परिवारलाई कहिलै सोधेका छौ-चोट, ब्यथा, वेदना, पिडा,अभाव, टुहुरोपन, परिवारको सदस्य गुम्दाको त्रासदी ! लाग लाग ओरालो लागीरहु । अब यहाँ भन्दा ओरालो लाग्ने ठाउँ नै पो कहाँ छ र ! खुईय…कठ्ठै ! आफ्नै जिल्लाका सोह्र नेपालीलाई मार्ने, पन्चायतलाई टिकाउन वन मास्ने, सदाबहार तानाशाह-षडयन्त्रकारी पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको सामयीक निधन भएकोमा स्वभाविक मृत्यु बाहेक भन्नु केही छैन । तर एउटा पाको नेपाली मरेकोमा श्रद्धान्जली ।
‘खोकु छिन्तागं दुख्यो कि अरुण सुसाँउदा
मन तिम्रो रुन्छ कि दुख विसाउँदा ।’ पन्चकन्या शहीद पार्कमा २०५४ साल चैत्र २९ गते गुन्जीएको यो गीत, खोकु छिन्तागंका सहभागीहरुले आँखाका कोषहरु भिजाएको क्षण झुटो हो कि नेता हो तिमीहरु रसातालमा पुगेका हउ? सँधै अनुत्तरीत छौं हामी नेपाली ।
– प्रज्ज्वल चापागाईं
आ-आफ्ना स्वार्थका लागि यति छिटै विर्सन सक्दा रहेछन्,यसपाली असली रूप देखियो ।
– गोबिन्दराज त्रिपाठी
तत्कालिन समयमा खोकु छिन्तागं पिस्कर ठूलो कान्ड थियो तर बादरमुडे दोरम्बा भैरवनाथ लगाएतका दर्जनौ अपराधले खोकु छिन्तागं लाई माथ गर्यौ जे होस यि सबैका नाईके एउटै ठाउमा साझा उदेश्य पद का लागि एकजुट छन सबैले मरे पछि सलामि ग्रहण गर्छन एकआपसमा समवेदना बाड्छन धन्य हो नेपाली मन हामि सबै अरुको मृतुमा शोक ब्यक्त गर्छौ।
– पूर्ण खड्का
एउटा भंकर डरलाग्दो खलनायक हो सुर्य बहादुर थापा प्रब्रिती…. ./
…….आफ्नो देशको जनतासंग झुकेर काम गर्नु खराब होइन तर बिदेशी सत्रुसंग झुक्नु हुदैन भन्ने मान्यता बोकेर शासन सत्ता चलाउन खोज्ने राजा बीरेन्द्रलाई (प्रतिनिधी) समेत पटक पटक धोका दिदै देश र जनताको स्वाभिमानलाई बिदेशीसंग चलाखी पुर्बक दलाली गरेर, पटक पटक सत्तामा चद्ने हैशियत निर्माण गर्दै, मरिचमान जस्ता रास्टको लागी नुनको सोझो गर्ने भू. पु. प्रधानमन्त्रीकोहरुको भावनालाई (प्रतिनिधी भावना) तेजोबध गर्न, गराउन र त्यस्तो प्रकारको जालो निर्माण गर्न र गराउन सधै अहम भूमिकामा रहने गरेको देशको एउटा भयानक खलनायक हो सुबथा, हामी युवाले यसरी चिन्ने कोशिस गर्नु पर्ने हुञ्छ…/ हामी झुक्किनु हुदैन कि सुबथाको निरन्तरता २०४६ साल पछिका केहि नया मण्डलेहरुले गर्दैछन ( कथित लोके नेता तर रास्टघातीहरु), तर जनताको स्वाभिमानलाई सधै धरापमा पार्न खोज्ने मण्डलेहरुले याद गरे हुञ्छ, सबै नेपाली युवाको रगत चिसो छैन र हामी देशको लागी मर्न तयार हुने छौ..,,/ ( उनको ब्यगतिगत म्र्त्युमा श्रदान्जली तथा मेरो हार्दिक समबेदना छ)
– अम्ब्रिश पोखरेल
सुर्यबहादुरको मृत्यु र खोकु छिन्तांग
कुनै जमानामा यस्तो भनिन्थ्यो , सबै पंच नेपाली, सबै नेपाली पंच | त्यसका एक हस्ती सुर्य बहादुर थापाको आज मृत्युको समाचार सुनिरहदा मेरो मष्तिस्कमा एउटा गीत गुन्जी रहेकोछ ” खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा,मन सबको रुन्छ्की दुख बिसाउदा “… | हो , २०३६ सालमा तिनै सुर्य बहादुरको निर्देशनमा धनकुटाको खोकु छिन्तांगमा काम गरि खाने आदिवासी समुदायको सामुहिक नरसंहार भएको थियो | उनीहरुको दोस थियो पंचायत व्यवस्थाको बिरोध | सुर्य बहादुरको शासन कालमा छिन्तांग बासी किरातीहरुलाई सेनाको संगिनले घोची घोची हत्या गरिएको थियो |निहथा जनताको रगतले कोशी नदीको पानीको रंग बदलिएको थियो | गाउमा सैनिक आतंकले सन्नाटा छाएको थियो |तर पनी त्यो आतंकले खोकुलाइ सधै भरिको लागि सन्नाटामा राख्न सकेन बरु खोकु छिन्तांग नेपाली राजनीतिको एक दस्ताबेज भएर रहयो | त्यसैले,खोकु छिन्तांग बीर अम्बर शहिदहरुको प्रतिबिम्ब हो | त्यहि कारुणिक घटनाका बिम्बहरुलाई गीतमा उनेर किशोर थुलुंग र हर्क चुम्बेहरुले सारंगीको भाकामा “खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा ..बोलको यो गीत पस्किए पछी दुइ करोड नेपालीको मनले खोकु छिन्तांग सम्झिएर रोएको थियो | खोकु छिन्तांग घटनाका एक प्रमुख पात्र सुर्य बहादुरको मृत्युको शोक धुन बजिरहेको यो बेला आज धेरै दिन पछी मेरो मन मष्तिस्कमा यहि कालजही गीत गुन्जी रहेकोछ | ” खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा,मन सबको रुन्छ्की दुख बिसाउदा “… ..
– दीपेन्द्र काङबा बोकिम
मित्र हो हामी जति ठूलो कुरा गरेपनि रा.प्र.पा.को झन्डा बोक्ने अधिकांश आदिवासी जनजाति थियो । पहिचानको कुरा गर्ने अनि पहिचान बिरोधिको झन्डा बोक्ने ?
– कुमार थोकर
त्यस्तै हो सबै मा राम्रा नराम्रा गुण हुन्छन् नै तर यी अहिलेका नेता भन्दा चाहिँ हजारौं गुणा राम्रो मान्छे हो सुर्य बहादुर थापा यी भन्दा पनि राम्रो मान्छे हो मरिच मान | पावन सन्धी नै म भारत सग खारिज गर्छु र चीन सग सन्धी गर्छु भन्ने भएर नै नेपालको पन्चायत अन्त बनाउन सफल भयो भारत हुनत यस्को जिमेवार हामी जनता पनि हो हामिले सहि र गलत ब्याक्ती लाई चिन्न सकेनौ मेरो बिचार मा यस्तो लाग्छ
– लोकेन्द्र कार्की
वितेर गए, श्रध्दान्जली । तर सुबथा वितेपछि देशले अभिभावक गुमायाे, अपुरणीय क्षति भयाे भनेर तिमी कम्युनिष्ठहरू शाेक मनाहीरहेछाै भने, विचारबाट यति स्खलित भएछाै कि । भाेलिदेखि ज्ञानेन्द्रलाई राजा बनाएर जयजयाकार मनाए हुन्छ !!
हिटलरकाे जन्माेत्सव मनाउनु, बाेकासा, मुसाेलिनी र दादा ईदि अमिन महान् थिए भन्नू !!
हिजाे जनयुद्दमा धनकुटाकाे मुगास्थित उनकाे घरमाथि बम हानेर खण्डहर बनाउनेहरूलाई कारबाही गर्नु !!!
– खिलबहादुर भण्डारी
थापाको मृत आत्मा- नै सोर्ग की नर्क बिबापस्पद!
धेरैले थापाको प्रम कार्येकाल लाई छोब प्रकट गरेका छन्/ अमानविय-दुस्ट-धुर्त,
के अब लाइनमा आएका प्रम तेस्तै हुने हो?
हामीले अशल खराब छुट्याएर समबेदना दिने धर्म हो/
– शंकर पाठक
मृत्यु दुःखद र हृदयविधारक हुन्छ । मृत्युका बेला कसैले पनि आफ्नो मन थाम्न सक्दैनन (जो सत्रु नै किन नहोस) । तर मृत्यु भयो भन्दैमा सति जानु चाही हुँदैन । किनकी नेपालमा सति प्रथा हटेको धेरै भयो । तर राजनीतिक सतिप्रथा कायम नै छ । व्यक्ति मर्दैमा अभिभावक गुमाए भनेर फलाक्नु राजनीतिक सति जानु नै हो । बस श्रद्धाञ्जली देऊ मर्नेले गरेका राम्रा कामको समर्थन गर । नराम्रा कामको खुलेर विरोध गर । मानवीय संवेदना र राजनीति फरक कुरा हुन् । सूर्यबहादुर थापा हाम्रा सामु हुनुहुन्छ । उहाँप्रति श्रद्धाञ्जली, साथै सूर्यबहादुर शक्तिमा हुँदा बहुदलीय व्यवस्थाको पक्षमा लड्दा दुःख पाउनेहरुलाई पनि समवेदना ।
– ‘चन्द्र’ गणेश
प्रत्येक रात ब्युँझँदा आँगनमा शब लडिरहेको जाजरकोटप्रति दुःखमनाउ गर्नसम्म एक शब्द खर्च नगर्ने तर थापाको निधनमा धेरै चिन्ता गर्ने नकली कॉम्युनिट्स हुन !हाल्ने कम्युनिस्ट नेताहरुको यो वैचारिक स्खलन हो । सत्य कुरा आफ्नो मालिक लाई खुसी परेको होला र उनी नेता हरु लाई देश र जनता संग कुनै नाता हुदैन किनकी सत्य कुरा सबै लाई न मिठो लाग्छ !!!
– आरबी खड्का
तेही सुर्य बहादुर र शाही सन्तानले हिजो जाजरकोटमा बिकास नगर्नाले यो हबिगत भाको छ आज तेसैलाई डोली चढाउने अपाङ्ग सरकार ४६को आन्दोलका सहीद्को रगतको मुल्य चुका अनि बाउ गुमाउने माओबादीले जनयुग्द्द र ६३ का सहीद्को मुल्य चुका सुर्य बहादुर त बैतर्नी तर्लान तीम्रा पाप अब जनताले सीस्नु पानीले पखाल्ने छ्न ? ?
– शंकर बजगाईं
सोच्दै छु सुर्यवहादुर थापाहरु मर्दा त कठै भन्ने र गुणगान गाउने प्रचण्ड बाबुरामहरु रहेछन् । उनीहरुको पालोमा कठै भनिदिने को बाँकी रहलान् ?
– विवश निर्जीव
सही कुरो प्रचण्ड पथ को उच्चतम बिकाश भएको अबस्था ???
– टंक गैरे
पूँजीवादी संसदीय प्रणालीमा चुर्लुम्म डुबेपछि यो भन्दा अर्को निष्कर्श बिचरा नेताहरुले कसरी निकालुन् ! यहाँ त भोट जित्न शोषक बर्गकै सहयोग, समर्थन र प्रचार प्रसार चाहिन्छ । श्रोत साधन उनीहरुसँगै हुन्छ । जनतालाई त्यसबाट हरेक किसिमले भ्रमित तुल्याउन सकिन्छ । चुनाव जित्नु नै सबैभन्दा ठूलो लोकतन्त्र भन्ने कुरा साबित र प्रमाण्ति गरेपछि अरु जे गरे पनि हुन्छ । हामीले १२ बर्षको बहुदल, ८ बर्षको गणतन्त्रबाट यो भन्दा अरु के शिक्षा लिने ? जनता र देशको हालत आज के छ ? परिवर्तनका पक्षधर हौं भन्ने नेताहरुले देश र जनताले हारिरहेको कहिले महसुश गरे ? कदापि गरेनन् र गर्दैनन् । उनीहरुले दलको नाम र झण्डा जे जस्तो राखे पनि जुनसुकै हिसावले पनि पञ्चायती प्रबृत्तिकै अनुशरण गरिरहेका छन् । अनि दिवंगत सूर्यबहादुर थापाको देहावसानमा आफुले अभिभावक गुमाएको निष्कर्श निकाल्नु कुन ठूलो कुरा भयो र ! यो सूर्य बहादुर थापालाई होइन, यहाँको ठालुतन्त्रलाई खुशी पार्ने कुरा हो ।
– सुवेदी लोकनारायण
मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ
जनताको छोरो मर्दा देशै रुँदो रैछ
जनताको शत्रु मर्दा बाबुराम र शुसील रुँदोरैछ
खलनायक मर्दा पनि राजकिय सम्मान र बिदा दिंदो रैछ
राष्टवादी पुर्व प्रधानमन्त्री मरीचमान सिंहको उपेक्षा गर्ने राज्यले भारतका विश्वासप्राप्त सुर्यबहादुरको भने राजकिय सम्मानका साथ अन्त्येष्टी गर्ने भएछ । पुर्व पंचहरुका हकमा पनि यसरी , भेदभाव हुँदोरहेछ । दक्षीण दाहिना हुनैपर्नेरहेछ, शानसँग बाँच्न पनि, शानसँग मर्न पनि । भो, राष्टियताको कुरै नगरौं ।
– कुसुम कुसुम
धनकुटा जिल्ला को खोकु र छिन्ताङमा १६ जानाको अति पिडाडयी तरिकाले गर्भेनी आमाहरूलाई समेत सुर्य बहादुर थापाले हत्या गरेको थियो । अतिबादी पाखान्डी र तानासाहाको निधनबाट आजा देशले छुट्कारा पाएको छ । सच्चा र देश भक्ता जनताको रगतले अरूण नदीको पानीको रंग परिवर्तन भएको छ । सुर्य बहादुर थापाको मृत्युको शोक…
– हरिप्रसाद लामिछाने
अचम्म त के छ भने,हाम्रा देशका नेता बाँचुन्जेल नेपालमा राजनीति गर्छन अनि जिन्दगीको अन्तिम सास चाहिँ भारत पुगेर फेर्छन।पटक-पटक देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा सिंहासन भैसकेको नेतालाई नेपालमा पनि भारतको जस्तै सुविधा सम्पन्न अस्पतालहरु निर्माण गर्नुपर्छ भन्ने किन बुद्धि किन नआएको होला? यही कारण हो नेताको निधनमा नेपाली जनता खुशी हुने!बेलैमा देशमा एउटा भारतको मेदान्त अस्पताल जस्तै अस्पतालको स्थापना गर बाबुराम!नत्र तिम्रो मृत्युमा जनता दु:खी भन्दा खुशी बढी होलान।पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको दिवंगत आत्माप्रती चिरशान्तिको कामना!यस दु:खद घडीमा मृतकको परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्!
– निश्चल कार्की
मलाई एउटा कुरा चित्त बुझेन !
सुर्यबहादुर थापा मर्यो !तर बाबुराम भट्टराईको अभिभावक गुमेको कुराले मलाई चिन्ता लाग्यो ! उनिहरु तिरै शरण लिय भयी नि नेताजिउ ! मर्नु राम्रो त हैन तर साह्रै चिन्तित हुनु भो शायद कती कुना पसेर रुनु पनि भो कि ! चिन्ताको बिशय प्रमुख हो ! उन्कै नेत्रित्वमा छिन्ताङ कान्डको रगत सुकेको छैन ! ए ! नेता ज्यु शाहीद लाई मानुस् अभिभावक उनिहरुले नै तपाईंलाई / हामीलाई बाटो देखाउछन ! उनिहरु नै हुन हाम्रा पथ्प्रदर्सक ! कि कसो !? हैन भने तपाईंको असली सार भेट्ने कुरामा फेरी एक्पल्ट हामी जनता झस्केको अवस्था हो !! उनले नेपाली राजनीतिमा एउटा कित्तालाई राम्रै बोकेर हिंडेका थिय र अझै उन्का झन्डावालाहरु उनि सँगइ सती गयका छैनन ! चेतना भया !
– किरण नाकारा
मरिचमान सिंह श्रेष्ठ चाही पूर्व प्रधानमन्त्री होइन र ? कि छ पटक नेपालको प्रधानमन्त्री भएमा मात्र राजकीय सम्मान अनि सार्बजनिक बिदा हुने हो ? यो नेपालको कानुन यिनीहरुले नै जानुन |
– बाबुराजा लामा
यो पनि पढ्नुहोस् :
सूर्यबहादुरलाई हतारमा समवेदना प्रकट गरेँ, अहिले लाज लागेको छ













प्रतिक्रिया