१७ कार्तिक २०८३, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार बिहान संसद सचिवालयमा अचानक महाअभियोगको प्रस्ताव दर्ता गराएपछि एमालेले सचिवालय बैठक आह्वान गरेको हो ।

बैठक आइतबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने जनाइएको छ ।

त्यस्तै, एमालेले सोमबार विहान ११ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएको छ ।

महाअभियोग सम्बन्धी एमालेको आधिकारिक धारणा सार्वजनिक नभए पनि अध्यक्ष ओलीदेखि केही नेताहरुका अनुसार महाअभियोगको विपक्षमा रहेको छ ।

अध्यक्ष ओलीले यसअघि पनि प्रन्या जबराको बहिर्गमनले मात्रै समस्याको समाधान नहुने बताउँदै आएका थिए ।