१७ कार्तिक २०८३, मंगलबार

राजेन्द्र लिङ्देनले कमल थापालाई दिए बधाई

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । पार्टी नफुटाउने भनेर गीताको कसम खाएका कमल थापाले नयाँ पार्टी राप्रपा नेपालको अध्यक्ष बनेकोमो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बधाई दिएका छन् ।

आगामी सुखमय बनोस् भन्दै लिङ्देनले थापालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, उनले लेखेको छन् ।

थापाले आफूलाई पूर्वराजा ज्ञानेन्द्रसहित लागेर अध्यक्षबाट पराजित गरिएको भन्दै नयाँ पार्टी बनाएका हुन् । राजतन्त्रकै मुद्दामा राजनीतिक गरेका थापाले निर्मल निवाससँग रुष्ट बनेपछि राजतन्त्रको सिद्धान्त नै त्यागेका छन् ।