१७ कार्तिक २०८३, मंगलबार

कमल थापाले ‘राप्रपा नेपाल’ ब्युँत्याउने, फागुन ७ मा घोषणा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । कमल थापाले पुनः ‘राप्रपा नेपाल’ पार्टी ब्युँत्याउने भएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी थापाले राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।

नयाँ पार्टीको घोषणा आगामी फागुन ७ गर्ते गर्ने थापाले जनाएका छन् ।

उनले राजतन्त्रको मुद्दा छोडेका छन् । अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले जनाए । त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टीले सहभागीता जनाउने उनको भनाइ छ ।