
काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आइतबार विहान संसद सचिवालयमा उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि सचिवालयले पत्रमार्फत जबरालाई जानकारी दिएको थियो ।
जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोगको प्रस्तावसँगै उनी स्वत निलम्बनमा परेका छन् ।












प्रतिक्रिया