१७ कार्तिक २०८३, मंगलबार

एमालेद्वारा संसदीय दलको बैठक आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ता पक्षले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेसँगै एमालेले बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा हुने प्रमुख सचेतक विशाल भट्टराईले जनाएका छन् ।

एमालेले प्रधानन्यायाधीशविरुद्ध आफ्नो पार्टीको धारणा बनाउन बैठक बोलाएको हो ।