१७ कार्तिक २०८३, मंगलबार

प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि फेरि आन्दोलन गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आजदेखि पुनः आन्दोलन गर्ने भएको छ ।

कोरोनाभाइरस महामारीका कारण भर्चुअल रुपमा गरिँदै आएको आन्दोलन आइतबारदेखि भौतिक उपस्थितिमै गर्ने बारले जनाएको छ ।

फागुन १ गतेदेखि बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने बारका पदाधिकारीहरुले जनाएका छन् ।

बारले एक सय दिनभन्दा बढीदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।