
काठमाडौँ, २९ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कम्युनिष्टहरु जतिबेलै मिल्न सक्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिँदै उनले कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने बताएका हुन् ।
शनिबार चितवन पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा बोल्दै महतले कम्युनिष्टहरु जतिबेला पनि मिल्न सक्ने भएकाले सतर्क रहेर अघि बढ्नुपर्ने बताए ।












प्रतिक्रिया