१७ कार्तिक २०८३, मंगलबार

यदु पत्रकारिता पुरस्कार केसीलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रूकुमका पत्रकार महेश केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यदु स्मृति प्रतिष्ठान पुरस्कार सिफारिस समितिको बैठकले रुकुमका पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिनुभयो । समितिको सदस्यमा तीर्था गौतम र सदस्यसचिव रूद्र खड्का रहनुभएको छ ।

यदु स्मृति दिवसमा प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । २०५९ सालदेखि प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरुद्ध तथा शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैँ आइरहेको छ ।–रासस