१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस-एमाले सरकार टिकाउन चाहन्छन्, तर हामी संविधान चाहन्छौं : प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

– नरेश केसी
भैरहवा, ५ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका कारण मुलुक संक्रमणकालिन अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।

३० दलीय मोर्चाको संयोजक समेत रहेका प्रचण्डले कांग्रेस एमालेको सरकार सहमति भन्दा विमति गर्न उद्धत भएकोले मुलुकमा संक्रमणकाल लम्बिएको समेत बताउनुभयो ।

आज विहान गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकारसंघ रुपन्देहीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मोर्चामा देखिएको खटपट सामन्य भएको जनाउदैं केही दिनमा त्यसको समाधान
हुने समेत बताए ।

पार्टीका नेताहरु चन्द्रप्रकाश खनाल बलदेव, एमएस शर्मा, हकिकुल्ला मुसलमान, सभासद सोनिया यादव, मकसुद अलि सहितका नेताहरु उपस्थित रहेको सो सम्मेलनमा अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्व संविधान भन्दा आफ्नै आन्तरिक महाधिवेशनमा केन्द्रित हुदां समयमै संविधान बन्नेमा आशंका उब्जिएको बताउनुभयो ।

सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको उहाँको टिप्पणी छ ।