६ कार्तिक २०८३, शुक्रबार

ब्याजदर वृद्धि नगर्न बैंकरहरूलाई उद्योग वाणिज्य महासंघको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निक्षेपमा ब्याजदर वृद्धि गर्ने निर्णय स्थगित गर्न बैंकरहरूलाई आग्रह गरेको छ ।

कोभिडले समस्यामा परेका उद्योग–व्यवसायलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्यमा बैंकबाट सहयोगको अपेक्षा गरिरहेका बेलामा ब्याजदर वृद्धिको निर्णयले थप सशंकित बनाएको महासंघको भनाइ छ ।

हिजो शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

‘उद्योग–व्यवसाय असहज अवस्थाबाट गुज्रिरहेका वेलामा व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र धराशायी हुने र उद्योगी–व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने चिन्ता बढेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने र ऋणको ब्याजदरसमेत बढ्ने प्रथा कायम भएमा देशभित्र उद्योग–व्यवसाय गर्न असम्भव हुने महासंघको ठहर छ ।

निक्षेपमा गरिने ब्याजदर वृद्धिको असर निकट भविष्यमै उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदरमा पर्ने भएकाले महासंघले नयाँ ब्याजदर लागू नगर्न आग्रह गरेको हो । आज शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले ऋणको ब्याज पुनः बढेमा उद्योग–व्यवसायको क्षेत्र थप धराशयी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने चिन्ता व्यक्त गरेको छ ।

जुन उद्देश्यले निक्षेपमा ब्याज गरिँदैछ त्यसले समस्याको समाधान नगर्ने स्पष्ट पार्दै महासंघले भनेको छ, ‘विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान भएको छैन । ब्याजदर वृद्धिलगायत कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ ।’