
धनुषा, २८ माघ । मधेश सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी सार्वजनिक विदा दिने घोषणा भएको जनाएका छन् ।
मधेश प्रदेशले पहिलोपटक जनयुद्ध दिवस मनाउन लागेको छ ।
त्यस्तै, मधेश सरकारले शहीद परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।













प्रतिक्रिया