१७ कार्तिक २०८३, मंगलबार

प्रधानन्यायाधीविरुद्ध नेपाल बारले फेरि आन्दोलन चर्काउँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । नेपाल बार एसोसिएसनले फेरि आन्दोलन चर्काउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले फेरि आन्दोलन चर्काउने भएको हो ।

कोरोना महामारीका कारण भौतिक प्रदर्शन रोकेको बारले फागुन १ देखि भौतिकरुपमै आन्दोलन गर्ने भएको हो ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनबारे जानकारी दिएका हुन् ।

‘सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड–१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुयल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित हाम्रो आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनु हुने सम्पूर्ण कानून व्यवसायीज्यूहरुको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं’, बारको विज्ञप्तिमा उल्लेख छ ।