३० आश्विन २०८३, शुक्रबार

अब नेपाल टेलिकमले सिमकार्ड निःशुल्क वितरण गर्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sim-cardकाठमाडौं, ५ वैशाख । नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई रु १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्ड/रिमकार्ड वितरण गर्ने भएको छ ।

सो सेवासम्बन्धी समझदारीपत्रमा आज मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ र टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

सचिव श्रेष्ठले महिला स्वास्थ्य स्वयमसेविकाले निर्वाह गर्ने भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रबन्ध निर्देशक आचार्यले ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा ठूलो योगादान पु¥याउँदै आएका स्वयम्सेविकालाई सहयोग गर्नु टेलिकमको पनि जिम्मेवारी भएको बताउनुभयो ।