६ कार्तिक २०८३, शुक्रबार

लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका–२९ डिल्लीबजारमा उक्त शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । डिल्लीबजारको कालिका मार्गस्थित यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिग सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ ।

नयाँ शाखाको शुरूवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ वटा पुगेको छ । त्यस्तै बैंकले १० वटा एक्सटेन्सन काउन्टर, ५ वटा हस्पिटल सेवा काउन्टर, १७२ वटा एटीएम बुथ, २ हजार ५०० वटा भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ वटा शाखारहित बैंकिङ्ग एजेन्टहरूमार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

यो शाखा स्थापनासँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको विज्ञप्तिमा जनाएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।