
काठमाडौं, २८ माघ । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका–१५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ ।
उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन सोही वडाका अध्यक्ष रामप्रसाद लामिछानेले गरेका छन् । उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका–१५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको कम्तीमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
विस्तारित सेवाबाट उक्त भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नाका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानु नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवम् कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।















प्रतिक्रिया