१७ कार्तिक २०८३, मंगलबार

बुस्टर डोज अब १८ वर्ष माथिका सबैलाई दिइने

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २७ माघ । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज १८ वर्षमाथिका सबैलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको हो ।

मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् ।

बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन मन्त्रालयको परिपत्रमा भनिएको छ ।

मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने पनि बताएको छ ।

यस्तो छ मन्त्रालयको परिपत्र: