१७ कार्तिक २०८३, मंगलबार

मधेसवादी दल विदेशीले बनाइदिएको हो : दाहाल प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दल विदेशीले बनाइदिएको आरोप लगाएका छन् ।

नेकपा माओवादीमा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्न आयोजित गरिएको कार्यक्रमको बिचमा प्रचण्डले यस्तो बताएका हुन् ।

“शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइए,” उनले भने, “ती विदेशीले बनाइदिएका पार्टी थिए । पछि पनि थाहा भयो नि उनीहरु अहिले पनि केपी ओलीसँग साँठगाँठ गर्न गएका छन् । मधेस फेरि पनि माओवादीमय हुनेछ ।”