१७ कार्तिक २०८३, मंगलबार

सारेगमप लिटिल च्याम्स विजेता पौडेललाई भद्रपुरमा भव्य स्वागत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, २७ माघ । सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ ।

उहाँलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् । उहाँ विजेता बनेपछि आज पहिलोपटक गृहजिल्ला फर्कनुभएको हो । विमानस्थलमै सयौँको सङ्ख्यामा स्वागतका लागि लामबद्ध साहित्यकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, आफन्तजनसँग उहाँले खुशी हुँदै भन्नुभयो, “यो मेरो मात्र होइन जिल्लावासीकै सफलता हो ।”

उहाँलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमटरसम्मको दूरीमा रहेको गृहनगर बिर्तामोड पु¥याइएको छ । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताउ अभियान’ नै सञ्चालन गरिएको थियो । सो अभियानले विर्तामोडस्थित झापा नाटक घरमा आज सम्मानको कार्यक्रमसमेत आयोजना गरेको समितिकी सदस्य तथा नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।–रासस