
काठमाडौं, २७ माघ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालमा नेपाल सवारी प्रदुषण (युरो–६) मापदण्ड चरणबद्धरूपमा लागू गर्नुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष ध्रुव थापाको नेतृत्वमामा गएको प्रतिनिधिमण्डलले बन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवलाई भेट गरी नाडाले सो कुरामा जोड दिएको हो । परिस्कृत प्रणाली लागू गर्न तत्काल प्राविधिकलगायत आवश्यक पूर्वाधार नभएको जानकारी गराउँदै नाडाले चरणबद्धरूपमा लागू गर्दै जान आफूहरू तयार रहेको जानकारी मन्त्री यादवलाई गराएका छन् ।
मन्त्रीसँगको छलफलका क्रममा अध्यक्ष थापाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो–६ लागू गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागू गर्दै जानुपर्नेमा जोड दिए । अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागू गर्ने व्यवस्थाका लागि मन्त्री रायसँग नाडाले अनुरोध समेत गरेको छ ।
त्यस्तै नाडाको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, राजश्व अनुसन्धान विभागका महानिर्देश प्रकाश पौडेल र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग पनि भेट गरी सम्बन्धित र समसामयिक विषयमा छलफल गरेको जनाइएको छ ।
नाडाले आफना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममो भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासंग भेटी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु लगायत ७० औ विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, विक्रिको विलिङ्ग पनि ज्क् कोड मै गरिनु पर्ने लगायतका विभिन्न विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।
नाडाले यसै माघ महिना देखि आफना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई तिब्रता दिदै आएकोे जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसंग भेटी एजेन्सी, फर्म दर्ता एवं नविकरण लगायत आधिकारिक विक्रेताले मात्र अटोमोवाइल बस्तुहरु आयात गर्न पाउने व्यवस्था बारे छलफल गर्दे सो सम्बन्धमा पत्र समेत बुझाएको नाडाले जनाएको छ । भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधि मण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र
तिवारीसंग भेटी नेपालमा सवारी साधनको ऐसेम्बली प्लाण्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्या बारे धेरै अन्यौलता भएकोले त्यसमा स्पष्टताको लागि नाडाले अनुरोध समेत गरेको जनाएको छ ।















प्रतिक्रिया