३० आश्विन २०८३, शुक्रबार

भैरहवा भन्सारको राजस्व असुलीप्रति अर्थ समितिको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anugaman 2– नरेश केसी
भैरहवा, ४ बैशाख । मुलुकको दोस्रो ठुलो भन्सार कार्यालय भैरहवा भन्सार कार्यालयको राजश्व असुलीप्रति व्यवस्थापिका संसदको अर्थ समितिले असन्तुष्टि जनाएको छ ।

व्यवस्थापिका संसद अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा आएको टोलीले शुक्रबार भन्सार कार्यालय भैरहवाको निरीक्षण गरेको थियो । समितिले भैरहवा भन्सारको ट्रक पार्किंग, आन्तरिक व्यवस्थापन, कर्मचारी व्यवस्थापनप्रति भन्सार प्रशानसनको ध्यान आकषर्ण गराएको थियो ।

anugamanसरकारले पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको निधनप्रति सम्मान व्यक्त गर्दै शुक्तबार राष्ट्रिय विदा घोषणा गरेको दिन भएता पनि भन्सार कार्यालयको आकस्मिक निरीक्षणमा अर्थ समितिको टोली आउँदा भन्सार कार्यालयका कर्मचारी झस्किएका थिए ।

समितिका सभापति तथा एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले भैरहवा जस्तो भन्सार कार्यालयको लक्ष्य अधिक हुनुपर्नेमा सामान्य हुँदा अन्य कार्यालयको अवस्था के होला भन्दै सन्चारकर्मी समक्ष भन्सार असुलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

भन्सार नाका व्यवस्थित, कर्मचारी, साधनस्रोतको व्यवस्थापन गर्दै भन्सार छली, चोरी, तस्करीको न्यूनीकरणमा लागेमा भन्सार राजस्व असुली बढ्ने सभापति ज्वालाले जनाए । सभापति ज्वालाले आर्थिक गतिविधी दिनप्रतिदिन बढेतापनि सोही अनुपातमा राजस्व संकलन हुन नसक्नु राष्ट्रको लागी घातक भएको समितिको निष्कर्ष भएको उनको भनाई थियो ।

anugaman 1ज्वालाको नेतृत्वको अर्थ समितिमा सदस्य एवंम नेपाली कांग्रेस नेता सभासद चन्द्र भण्डारी, सभासद तथा नेकपा माले अध्यक्ष चन्द्र प्रकाश (सिपी मैनाली), नेका रुपन्देही सभापति तथा सभासद अब्दुल रज्जाक गद्दी, एमाले नेतृ तथा सभासद नरदेवी पुन मगर, एमाओवादी नेतृ तथा सभासद सिर्जना तरामु खत्री, राप्रपा नेपाल नेतृ तथा सभासद श्रीकान्ति पासी र अर्थ समितीका सचिव कृष्णहरी खड्का सहितको टोलीलाई भन्सार कार्यलयका निमित्त गुणराज पोखरेल, अधिकृत तिर्थमणि काफ्ले लगायतले विफ्रिङ गरेका थिए ।

यता डेढ वर्षको अवधीमा २९ औ पटक धेरै अनुगमन तथा निरीक्षण टोलीले भन्सारको अनुगमन गरेको तर कुनै उपलब्धी मूलक काम नभएको भन्सार सम्बद्ध कर्मचारीले जनाएका छन् ।