६ कार्तिक २०८३, शुक्रबार

महबाटै उपचार गर्ने हनी सेन्टर तथा ब्युटी सलुन उद्घाटन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ ।

विगत एक दशकदेखि ब्युटीसियनको रुपमा सक्रिय तथा थोरापिष्ट रन्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याएकी हुन् । जैविक महबाट मालिस गरेर तौल घटाउनाका साथै नशा र मांसपेशीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको हो ।

रोजशीप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् वरिष्ट ब्युटीसियन सोनी कारंजितले आइतबार श्रीपञ्चमीको अबसर पारेर यो थेरापी तथा ब्युटी सुलनको उद्घाटन गरेको बताइएको छ ।

नेपालमै उत्पादिक जैविक महबाट रञ्जुले थेरापी गरेर नशा र मांशपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारँजितले व्यक्त गरिन् । कुशल ब्युटीसियनका रुपमा परिचित रञ्जुले आफ्नो सेवाबाट चाँडै प्रगति गर्ने पनि उनले सो क्रममा बताइन् ।

रञ्जुकी थोपारी टिचर तथा रोजशीप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले कार्यक्रममा हनी थेरापीका फाइदाहरुबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायको लागि शुभकामना व्यक्त गरे ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधिजन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एन्ड वेयल सेन्टर शुरु गरेको रन्जुले जानकारी गराइन् ।

महबाट मसाजसँगै ब्युटीसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहरूले प्रदान गर्ने पनि उनको भनाइ छ । यस्तै डा. सरोज लामिछाने, एपी लाइफका ओम पुन, टेक गुरुङले महबाट उत्पादित आफूहरुको सामग्रीले व्यक्तिलाई स्वस्थ रहन मद्दत गर्ने र महजन्य सामग्रीको प्रभावबारे जानकारी दिएका थिए ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा, सञ्चारकर्मी गायिका मोडल सरिता भारती, ब्युटीसियनहरु मिना पौडेल, सृजना कुँवर, नवीन अधिकारी, गीता मगरलगायतले पनि रन्जुलाई शुभकामना दिएका थिए ।