६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा प्रवेश गर्ने तरिकाबारे नबिल इन्भेष्टमेण्टले शुरू गर्‍यो सचेतना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालको शेयर बजारमा प्रवेश गर्ने तरिकाबारे सचेतनामुलक कार्यक्रम शुरू गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ भन्नेबारे चेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो । गण्डकी प्रदेशबाट सो सम्बन्धी जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न शुरु गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिइने छ । त्यस्तै धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा पनि सो कार्यक्रममा जानकारी दिइने कम्पनीको भनाइ छ ।

निकट भविष्यमा देशका सात वटै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत मनिषनारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए ।

स्थापनाको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरुसहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ४५ लाख भन्दा बढी डिम्याट खाता खुलीसकेको नेपालको धितोपत्र बजारमा २६ लाखभन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिनु नै कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।