८ कार्तिक २०८३, आइतबार

गोपाल किराती ‘गद्दार’ घोषित ! एनेकपाको अध्यक्षमा आलोक रायमाझी निर्वाचित

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)ले पार्टीका अध्यक्ष गोपाल किरातीलाई गद्धार घोषणा गर्दै पार्टीबाट निष्कासन गरेको छ ।

माघ १४ गतेदेखि १८ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले किरातीलाई गद्धार घोषणा गर्दै निष्कासित गरेको एनेकपाले जानकारी दिएको छ । त्यस्तै पार्टीको आठौं विस्तारित पूर्ण बैठकले पार्टीको अध्यक्षमा आलोक रायमाझीलाई सर्वसम्मतिले निर्वाचित गरेको पनि जानकारी दिइएको छ ।

ती बैठकहरूका निर्णयबारे पार्टीले आज दिउँसो साढे १२ बजे अनामनगरस्थि युनियन हाउसमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । पत्रकार सम्मेलन किरातीलाई गद्धार घोषणा र रायमाझीलाई अध्यक्ष निर्वाचित गर्नुका कारण तथा पार्टीको नाम (माओवादी केन्द्र)लगायत विषयमा केन्द्रीत रहेको बताइएको छ ।

रायमाझी अध्यक्ष बन्नुअघि किराती पार्टीमा अध्यक्षको भूमिकामा रहेर पनि काम गर्दै आएका थिए ।