
काठमाडौं, २५ माघ । सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारदेखि स्थगित गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन कार्य रोकिएको आयोगले जानकारी दिएको छ । आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन पनि आयोगले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको जनाएको छ । छ ।
निर्वाचनको मिति घोषणा भएपछि हिजो सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो ।















प्रतिक्रिया