६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंक इन्टरनेशनलको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले ललितपुरको सुबानेमा आफ्नो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा गत शनिबारदेखि उक्त सेवा शुरूवात गरेको हो । योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ९१ वटा पुगेको छ । सुबानेमा बैंकको सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रूपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको बैंकले जानकारी दिएको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्ने विश्वास बैंकले लिएको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप सङ्कलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने बैंकको भनाइ छ । यो सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवम् बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभर १७४ वटा शाखा कार्यालय, १२३ वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १३ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।