८ कार्तिक २०८३, आइतबार

ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २४ माघ । रुपन्देहीको बुटवलमा ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेजअगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।