
सिन्धुपाल्चोक, २४ माघ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी एक व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।
चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासुमाया तामाङ र ५९ वर्षका सन्तवीर तामाङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार हत्या गर्ने व्यक्ति तत्काल फरार भए पनि राति नै पक्राउ गरिसकिएको छ ।















प्रतिक्रिया