१८ कार्तिक २०८३, बुधबार

हिमपहिरोमा परी अस्ट्रियामा ८ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भियना,२३ माघ । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।

शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया(स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।

अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्। –रासस