८ कार्तिक २०८३, आइतबार

जसपाका जिल्ला सचिवसहितको टीम एमालेमा प्रवेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २३ माघ । दोलखामा जनता समाजवादी पार्टीका जिल्ला सचिवसहितको टीम नेकपा एमालेमा प्रवेश गरेको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य तथा दोलखा जिल्ला सचिव सन्तोष राउत आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेता राउतसँगै सो पार्टीका भीमेश्वर नगर कमिटी, कालिञ्चोक गाउँपालिका कमिटी र गौरीशंकर गाउँपालिका कमिटीका नेताहरु पनि एमालेमा प्रवेश गरेको नेकपा एमाले दोलखाले जनाएको छ ।

एमालेमा प्रवेश गर्ने नेताहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङ, केन्दीय सदस्य तथा दोलखा इन्चार्ज सरस्वती वस्नेत, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका नेताहरुले स्वागत गरेका थिए ।