
तनहुँ, २२ माघ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्वास्थ्य सचेतना कार्यक्रम गरि २४ औँ स्थापना दिवस मनाएको छ ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ विविको संयोजनमा भएको सो कार्यक्रम कोभिड रोग नियन्त्रण र सचेतना जोगाउनका लागि मास्क वितरण गर्ने कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तनहुँको सदरमुकाम दमौलीको मुख्य बजार भोर्लेटार चोकमा मास्क वितरण गरि कार्यक्रम गरिएको हो । कार्यक्रममा ४०० मास्क वितरण गरिएको हो । आम सर्वसाधारण जनतामा स्वास्थ्य जनचेतना जगाउने उद्येश्यले स्थापना दिवसमा मास्क वितरण गरिएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समुन्द्र पौडेल, पत्रकार महासंघ नेपाल तनहुँ शाखाका पूर्वअध्यक्ष प्रेम प्रसाद पौडेल, चौतारीका पूर्वअध्यक्ष त्रिभुवन श्रेष्ठ, नेकपा एमाले तनहुँका सहसचिव प्रदिपराज अधिकारी, उपाध्यक्ष हरिराज कडेल, जिल्ला सदस्यहरु ऋषिराम भुषाल, भिमबहादुर बिक, आदिवासी जनजाति महासंघ तनहुँ शाखाका अध्यक्ष वसुन्धरा घर्ति लगायत नेताहरुको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया