
सुर्खेत, २२ माघ । कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार हुन भएको छ ।
जीवनबहादुर शाहीले कात्तिक १६ मा मुख्यमन्त्रीको सपथग्रहण गरेको ३ महिनापछि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
नयाँ मन्त्रीहरुमा माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्न लागेका छन् ।
गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णयको माओवादीकै कर्णाली सचेतक र नेताहरुबाट विरोध भएको छ ।












प्रतिक्रिया