काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज बिहान थापा निवास मालीगाउँमा पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय थापालाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान अर्थ मन्त्री डा रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली काँग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुग्नुभएको थियो ।
पार्टी झन्डा ओढाएर थापाप्रति श्रद्धाञ्जलि
पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिएको थापाको पार्थिव शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उपराष्ट्रपति केहीबेर अघि पार्टी कार्यालयमा पुग्नुभएको थियो । कार्यालयमा राप्रपाका केन्द्रीय पदाधिकारीलगायत तथा कार्यकर्ताको ठूलो भिड लागेको छ ।
पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिएको थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । पार्टी कार्यालयमा पुगी उपराष्ट्रपति परमानन्द झा, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र पूर्वसभामुख तारानाथ रानाभाटले पनि केन्द्रीय कार्यालयमा पुगी थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
कार्यालयमा राप्रपाका केन्द्रीय पदाधिकारीलगायत तथा कार्यकर्ताको ठूलो भिड लागेको छ । उहाँको पार्थिव शरीर मध्याह्न १२ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने पार्टीले जनाएको छ ।
पार्टी कार्यालयमा श्रद्धाञ्जलि सकिएलगत्तै सार्वजनिक श्रद्धाञ्जलिका लागि अपराह्न १ बजेदेखि दशरथ रङ्गशालामा राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री थापाको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति अठासी वर्षका उमेरमा निधन भएको थियो । रासस




![lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l// dflnufpF l:yt lgjf;df . tl:a/ M k|bLk/fh jGt /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/surya-bhadur-thapa.jpg)








प्रतिक्रिया