६ कार्तिक २०८३, शुक्रबार

जाडोमा तपाईंलाई साथ दिने रियलमीका स्मार्टफोनहरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १९ माघ । यो मौसम चिसो छ र चिसो मौसम त्यति रमाइलो हुँदैन पनि । तर आधुनिक प्रविधिहरुलाई धन्यवाद, हामीले बनाएका सबै जानकारी र डिजिटल मनोरञ्जनहरु मात्र एक क्लिक टाढा छ ।

चाहे तपाईंलाई दराज जस्ता अनलाइन विक्रेताहरुबाट खरिद गरिएका मनोरञ्जनका सामाग्रीहरु मनपर्छ (उनीहरुले सजिलो इएमआइ सेवाहरु पनि प्रदान गर्छन्) अथवा पूरानै तरिकाले डिलरकोमा गएर कुरा गरी आफ्नो नयाँ फोनको साथमा फर्किनुहुन्छ । हो, यहाँ हामी स्मार्टफोनहरुको बारेमा कुरा गर्दैछौं, त्यसैले एकछिन हामीलाई सुन्नुहोस् ।

हामीलाई थाहा भएकै कुरा हो स्मार्टफोन के हो भनेर, स्क्रीनको सानो स्ल्याबजसलाई प्रविधिले नियन्त्रण गरेको छ । र सायद तपाईं यस्तै डिभाइसमा यो लेख पढ्दै हुनुहुन्छ ।

व्यक्ति पिच्छे स्मार्टफोनको प्राथमिकता फरक होला र कुनै एक फोन सबैका लागि उपयुक्त पनि नहुन सक्छ । रमाइलो के छ भने बजारमा देखिने सबै स्मार्टफोनहरुले एकैखाले काम गर्दछ भन्ने भान हुन्छ ।

तपाईंलाई कुनफोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला । यहाँहामीले तपाईंको आवश्यकता पूरा गर्न सक्ने विभिन्नमूल्य सूचि सहित केही स्मार्टफोनहरुको बारेमा लेखेका छौं ।

शुरुवात कम मूल्यको स्मार्टफोनबाट गरौं जसको प्रयोगकर्ताहरुलाई महंगो फोन र तिनीहरुले प्रदानगर्ने अधिक सुविधाहरुको आवश्यकता पर्दैन । यसको लागिहामीले स्मार्टफोनहरुलाई मूल्यको आधारमा ३ भागमा राखेका छौं ।

नार्जो ५० आइ –इन्ट्री लेभल

हाम्रो सूचिको पहिलो स्थानमा रहेको नार्जो ५० आइ छ । राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाटप्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ । रु. १२,९९९ मा २जीबी रेम र ३२ जीबीस्टोरेज रहेको यस फोन ४ जीबी रेम र ६३ जीबी स्टोरेजमा पनि उपलब्ध छ ।

र यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । तपाईंको जानकारीका लागि, यहाँ उल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ ।

आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै नार्जो ५० आइलाई उत्कृष्ट सावित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोनमिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।

नार्जोले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाईंले पबजी जस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ ।

रियलमी ९आइ- मिडरेन्ज

गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागि उपयुक्त छ । तपाईंले सुन्नु भएकै होला “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो” । रियलमी ९आइ यसैको उदाहरण हो ।

हाम्रो विशेष स्रोतको अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य रु. २६,००० को हाराहारी मै उपलब्ध हुनेछ । नार्जो ५० आइ राम्रो फोन भएपनि मिडरेन्जरसँग तुलना गर्न मिल्दैन । रियलमी ९आइमा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ ।

माथि नै भने अनुसार यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ । रियलमी ९आइ ले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्री देखि १००% ब्याट्री चार्ज हुन जम्मा १ घण्टा भए पुग्छ ।

यस फोनको अन्तिम कुरा क्यामेराको बारेमा गरौं । ५० एमपी एआइ सेन्सरले दिउँसो अथवा राती पनि एचडि फोटोहरु खिच्छ । २ एमपी डेप्थ सेन्सर र २एमपी माक्रो लेन्स पनि यस फोनमा उपलब्ध छ । फोटोग्राफी मनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ ।

यी आकर्षक सुविधा भएपनि हाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ ।

रियलमी जिटी नियो २

यो एक विशेष फोन हो । यस लिस्टको अन्तिमफोन साँच्चिकै आकर्षक फ्ल्यागसिपफोन हो । १२० हर्ज एमोएलइड डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।

यसको विश्लेषण गरौं । ६०० हर्जसँगै एचडीआर१० सपोर्ट गर्ने एमओएलइडी डिस्प्लेको साथतपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ ।

यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १००% ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा ५ मिनेट चार्ज गर्दा सुपरडार्ट चार्जिङको मद्दतले २०% ब्याट्री चार्ज हुन्छ ।

यस फोनलाई अझ परिष्कृत बनाउँछ यसमा रहेको स्नापड्रागन एन ७० एसओसीले । साथै, यस फोनले ५ जी पनि सपोर्ट गर्छ । यसैगरी, ठूलो स्टेनलेस स्टिल भेपर च्याम्बरले फोनलाई तात्नबाट जोगाउँछ ।

यस फोनमा अरु दुई विशेष सुविधाहरु छन् ।

पहिलो, जीटी निओ २ को डिजाइन आकर्षक छ । यो फोन नियो ग्रिन कलरमा उपलब्ध छ । अरु रंग विकल्पहरुमा र नियो ब्ल्याक र नियो ब्लु कलरमा पनि यो फोन पाइन्छ ।

दोस्रो यसको क्यामेराहरु हो । प्रमुख सेन्सर ६४ एमपीको छ र यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ । यसमा थुप्रै सुविधाहरु रहेको छ जसकारण हामी विश्वासका साथ भन्न सक्छौं कि कोही पनि यस फोनको नयाँ प्रयोगकर्ताहरु घण्टौंसम्म क्यामेरा एपमै झुण्डिरहनु हुनेछ ।

यी त थिए तपाईंको जाडोको मौसममा साथ दिने हाम्रो लिस्टका ३ स्मार्टफोनहरु । अब आनन्दले यो चिसोमा घर भित्रै न्यानो भएर आफ्नो नयाँ फोनसँग रमाउनुहोस् ।

यस्ताे छ मूल्य: