३० आश्विन २०८३, शुक्रबार

लघु जलविद्युत् बन्द भएपछि पुरै गाउँ अन्धकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BLUB-LIGHTखोटाङ, ४ वैशाख । जिल्लाको दक्षिणी गाविस डम्वर्खु शिवालयमा सञ्चालित लघु जलविद्युत् बन्द भएपछि पुरै गाउँ अन्धकार भएको छ ।

हाइभोल्टेजका कारण बँुवाखोला साना लघु जलविद्युत् परियोजनाको विद्युत् ट्रान्सफर्मरको क्वाइल जलेपछि उक्त गाउँमा तीन महिनादेखि विद्युत् अवरुद्ध भएको हो ।

विसं २०६९ बाट सञ्चालन ल्याइएको १८ किलोवाट क्षमताका लघु जलविद्युत् परियोजना आर्थिक अभावका कारण पुनः सञ्चालनमा ल्याउन नसकिएको परियोजनाका अध्यक्ष विदुर राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त विद्युत् सञ्चालनमा ल्याउन पाँच लाखभन्दा बढी खर्च हुने प्राविधिक मूल्याङ्कन छ ।” रासस