
काठमाडौँ, १९ माघ । साँग्रिला मोटर्स प्रा. लि. ले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक शुरुवाती मूल्यमा अल न्यु ज्याक टीएट २.०एल पिक अप ट्रकको को बुकिङ खुल्ला गरेको छ ।
साँग्रिलामोटर्स प्रा. लि. गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसन लेविगत ८ दशक देखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो ।
साँग्रिला मोटर्स आफ्ना ग्राहकहरुका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ । यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार रहेको कम्पनीले जनाएको छ ।
यस कम्पनीले सार्वजनिक गरेको ज्याक टीएट पिक अप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ ।
जर्मनीको एफइभीसँग मिलेर बनाइएको २.०एल टर्बो डिजेल इन्जिन ले १३७ हर्सपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।
चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स आज विश्वकै लोकप्रिय ब्रान्ड मध्ये एक बनेर उदाएको छ ।

नयाँ अनुभवसहित नयाँ युगः
नेपालमा सार्वजनिक भएको न्यु ज्याक टीएट आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाहरुले भरिपूर्ण छ ।
यो ज्याक मोटर्सको आठौं पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ । टीएट लाइन अपमा ४*४ को डबल–क्याब रहेको छ जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ ।
टीएट ४*४ मा बोर्ग वार्नरको इसोफ इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेको छ । यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ ।
यसमा आरामदायी ड्राइभको लागि आकर्षक सुविधाहरु रहेका छन् र यो आफैँमा कुशल र भरपर्दो पनि त्यत्तिकै छ ।
यसबाहेक, आफ्नो सेग्मेन्टमा ज्याक टीएट उचित मूल्य भएको पिकअप ट्रक हो ।
शक्तिशाली इन्जिन –तपाईंलाई झनै अघि लग्न सक्ने शक्तिः
न्यु टीएट डबल क्याब ज्याक मोटर्सबाट प्रमाणित छ र यसमा रहेको २.० लिटर टर्बो–डिजेल इन्जिनजर्मन कम्पनी एफइभीसँगको सहकार्यमा विकास गरिएको हो ।
भर्खरै इन्जिनियरिङ गरिएको र अधिक रेस्पोन्सिभ कमन–रेल टर्बो–डिजेल इन्जिनमा इन्टरकुलर र इलेक्ट्रिकल भेरिएबल जियोमेट्री टर्बोचार्जरको सुविधा रहेको छ । साथै, यो ६–स्पिड एम/टीसहित उपलब्ध छ ।
आधुनिक जीवनशैलीको डिजाइनः
इटालियन आर एण्ड डी इन्स्टिच्युटमा डिजाइन र विकास गरिएको ज्याकमा निट क्रिज, डिजाइन कर्भ र रोमन शिल्डबाट प्रेरित आकर्षक फ्रन्ट फेसिया आफ्नो प्रतिद्वन्दीभन्दा फरक देखिन्छ ।
टीएटको अगाडि हेक्सागनल एयर इनटेक ग्रिल, डेटाइम रनिङ लाइटस् भएको स्टाइलिस जेनोन हेडल्याम्प र अगाडिको बम्परमाफगल्याम्प रहेको छ ।
साथै, यसमाबोल्ड ब्ल्याकह्वील आकर्षहरु, २६५/६० आर१८ टायर भएको आकर्षक दुई–टोनको १८ इन्चअलोइ व्ह्ल्सि र साइड स्टेप बोर्डहरु रहेका छन् । यसबाहेक, विशेष डबल सी एलइडी टेल–लाइटले डिजाइनमा सुन्दरता थप्छ र रातको समयमापनि सजिलै गाडी चिनिन्छ ।

आरामदायी भित्री:
टीएटमा मल्टी–फंक्सन स्टेयरिङ व्ह्लि, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङ सँगै अटो डोर लक र कम्प्युटर/मल्टी—इन्फरमेसन डिस्प्ले जस्ता विलासीआन्तरिक सुविधाहरु छन् ।
यसमा ब्लुटुथ सहितको ७इन्चको टचस्कृन इन्फोटेनमेन्ट पनि छ । आकर्षक स्टाइल, उचित सामानहरु र उत्कृष्ट बनावटले टीएटलाई सधैं पहिलो रोजाइमा पार्ने निश्चित छ ।
सम्झौता रहितको सुरक्षाः
सुरक्षा सधैं ज्याक मोटर्सको प्राथमिकतामा पर्दछ । यसै अनुरुप यस गाडीमा सक्रिय र निश्क्रिय सुरक्षाका सुविधाहरु रहेका छन् । डुअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेहिकल डाइनामिक्स कन्ट्रोल, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र हिल–स्टार्ट होल्ड कन्ट्रोल ।
फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन, ब्रेक ओभरराइड सिस्टम, हाइड्रोलिक ब्रेक असिस्ट र टायर प्रेसर मनिटरिङ सिस्टम रहेको छ, यी सबैको कामचालक र यात्रीहरुको सुरक्षा नै हो ।

नेपाली बजारमा सम्भाव्यताः
साधारणतया, पिकअप ट्रकहरु धेरै कामगर्ने गाडीको रुपमा लिइन्छ । नेपालको भौगोलिक विविधता हेर्दा ज्याकको न्यु टीएटले नेपाली बजारमा प्रदर्शनको हिसाबमा जीवनशैली, सहजता र सुरक्षा सँगै आकर्षक बनावटले उत्कृष्ट मूल्यमा ग्राहकको मन जित्नेछ । अझमूल्य परे अनुसारको यस गाडीले दिने सुविधाकाकारण ग्राहकले साधारण गाडीलाई भुल्नुहुनेछ ।















प्रतिक्रिया