२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा राजस्तानको लगातार चौथो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajastan-royals

काठमाडौं, ४ वैशाख । भारतकै ठेलो मानिएको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार राति भएको खेलामा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ ।

हैदरावाद सनराईजर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा चौथो जित हात पारेर शिर्ष स्थानमा पुगेको छ ।

टस हारेर पहिले ब्याटीङ गरेको हैदरावादले निर्धारित २० ओभरमा १२७ रन बनाउँदा ५ विकेट गुमाएको थियो । उसका लागि ईओन मोर्गानले २७ रन बनाएका थिए भने नमन ओझाले २५ रनको योगदान गरेका थिए ।

राजस्थानका धवल कुलकर्णी र प्रविन ताम्बेले २–२ विकेट हात पारेका थिए । जवाफमा ब्याटीङ गर्न ओर्लेको राजस्थान १३१ रन बनाउँदै २० ओभरमा ४ विेकट गुमाएको थियो ।

उसका लागि अजंके रहाणेले सार्वाधिक ६२ रन बनाएका थिए भने सञ्जु सामसनले २६ रनको योगदान गरेका थिए । हैदरावादका रावी बोपाराले २ विकेट हात लिएका थिए ।