२९ आश्विन २०८३, बिहिबार

नेपाल टेलिकमले ल्यायो नयाँ एनटी फाइबर प्याकेज, ३० एमबीपीएस वार्षिक ४,९९९ रुपैयाँमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाई ६ प्रविधिसहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीले एफटीटीएचअन्तर्गत ‘वाइफाई ६ इन्डिभिजुअल प्याकेज’ योजनामा नयाँ प्याकेजहरू उपलब्ध गराउन लागेको हो। जसअनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा लिने ग्राहकले १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँमा प्राप्त गर्नेछन्।

त्यस्तै, १५० एमबीपीएसको प्याकेजको शुल्क १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेजको शुल्क १६ हजार ४९९ रुपैयाँ तोकिएको छ। वार्षिक प्याकेज लिने ग्राहकलाई ८०० देखि १ हजार एमबीसम्मको मोबाइल डाटा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ।

कम्पनीले पहिलोपटक ३० एमबीपीएसको नयाँ वार्षिक प्याकेजसमेत ल्याएको छ। उक्त प्याकेजका लागि ग्राहकले ४ हजार ९९९ रुपैयाँ तिर्नुपर्नेछ।

यी सबै प्याकेजको सेवा अवधि १२ महिना रहनेछ। नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँको जडान शुल्क नलिने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज ३० गतेदेखि लागू हुनेछ।