
काठमाडौँ, १७ माघ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ ।
सोमबार एक कार्यक्रमका बीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसीछौँ। हामी दुबै कम्पनीको लडाई ंभनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ ।
त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “यस सहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन् । यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ । हामी दुबैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दैछौँ ।”
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
सन्न् २०१७ मा आफ्नो सेवा सुरू गरेको खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नविन पहिचान बनाउन सफल ब्रान्डहो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन शपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ ।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।















प्रतिक्रिया